सिरहा, ९ पुस । किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।
तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।
यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत पार्टीका स्थानीय नेता हुन् ।
तालाबन्दि पछि किसान तथा युवाहरुको समूह थप विउ मलको माग र पक्राउ परेकालाई रिहाईको माग गर्दै गाउँमा नारा जुलुस लगाएको बताए ।

pk-farnichar-gbr 1