वीरगञ्ज ८ पुस । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रमुख अतिथी भएर आउने कार्यक्रममा उपस्थित हुनकालागि गाउँपालिकाका विद्यालय बन्दगरिएको छ ।
जगरनाथपुर गाउँ पालिकाको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा ओली आउने भएपछि गाउँपालिका अध्यक्ष जालिम मियाँको निर्देशनमा शिक्षाशाखाले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय बन्दगर्न निर्देशन गरेको पाइएको छ ।bbb
गाउँ पालिकामा रहेका २ वटा माद्यामिक विद्यालय, ४ वटा मदर्सा र २४ वटा आधारभुत विद्यालयका प्रधानाध्यापकहरुलाई बुधवार दिउँसो १२÷१ बजे नै फोन गरी एकाएक विद्यालयबन्द गरी पार्टी प्रवेश कार्यक्रममा सहभागिहुन शिक्षा शाखाका प्रमुख नरेश महतो कोइरीले निर्देशन दिएको नाम नबताउने शर्तमा एक विद्यालयका प्रधानाध्यमकले जानकारी दिए ।
३० वटा विद्यालयमा अध्ययनरत करिब ७ हजार बालबालिकाहरु पठन पाठननै प्रभावित गरेर कार्यक्रम गर्नु अनुचित भएको अभिभावकको भनाई छ ।
दिउँसो नै विद्यालय बन्दगर्न आदेश जारी गरेका शिक्षा शाखाप्रमुख कोईरीलाई विद्यालयबन्द गरेर कार्यक्रमगर्ने खबर फैलिएपछि चौतर्फी दबाब आउँदा रातीपुनः ८ बजे सबै प्रधानाध्यापकलाई फोन गर्दै विद्यालय बन्दनगर्न आदेश दिएको खुलेको छ ।

एक जना शिक्षकले शाखाप्रमुखले सुरुमा विद्यालयबन्द गर्न आदेश जारी गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूचना गरीसकेको हुँदा अब चाहेर पनि विद्यालय बन्दफिर्ता गर्न नसकिने बताए । उनले भने, हामीले विद्याल यबन्दको आह्वान गरी सकेका छौ, अब विद्यालय बन्द रोक्न सक्दैनौ, हामी स्कुल गएपनि विद्यालयहरु विदाको हल्लाले स्कुल आउँन सक्दैनन् ।
शिक्षा शाखाका प्रमुखकोईरीले आफूले विद्यालयबन्द गराउन आदेश जारी गरेको स्वीकार गरेका छन् । उनले भने, ‘कार्यक्रमस्थल वरपर ४÷५ वटा विद्यालय रहेका कारण उनीहरुको पढाई प्रभावितहुने भएकोले एकदिनको विदा मिनाहाहुने गरी सम्पूर्ण विद्यालय बन्दको आह्वान गरेको थिए । तर चौतर्फी रुपमा विद्यालय बन्दको आलोचना हुनथालेपछि केहि बेर पहिला विद्यालय बन्दनगर्न आदेश गरेकाहौँ ।’
गाउँ पालिकाका अध्यक्ष जालिम मियाँले विद्यालय बन्दगर्न लगाई विद्यार्थीहरुको पठन पाठन गर्ने मौलिक अधिकार नै हनन गर्न खोजेको स्थानियको आरोप छ ।
ओली आउँने भएपछि पार्टी प्रवेश कार्यक्रमलाई भव्यबनाउँन विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराउँनको लागि नै गाउँपालिकाको सम्पूर्ण विद्यालय बन्दगर्न मियाँको आदेशमा शिक्षाशाखाको प्रमुखले नै निर्देशन समेत जारी गरेको श्रोतको दावी छ । तर शाखा काप्रमुखले भने, आफूले कसैको प्रभाव वा दबाबमा स्कुल बन्दगर्ने निर्णय नगरेको बताए ।