सिरहा, ८ पुस । सिरहामा श्रीमतीले हानेको चिर्पटले लागेर श्रीमानको मृत्यु भएको छ । मदिराले मातेर भएको झगडाका क्रममा जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षिय श्रीमती हर्कमाया विश्वकर्माले प्रहार गर्दा उनकै श्रीमान ४० वर्षिय टेकबहादुरको मृत्यु भएको हो ।bbb 1
मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेर घरझडाको क्रममा दाउराको चिर्पटले हान्दा घाइते भएका टेकवहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवाश बुढाथोकीले जानकारी दिए ।
प्रहरीले घरमै पुगेर श्रीमतीलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि राउ स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । एक छोरा, एक छोरी र श्रीमतीसहित चारजनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएको थियो ।
उनीहरु प्राय मदिरा सेवन गरेर झगडाहुने गरेको बताइएको छ । अहिले शव पोष्टमार्टको लागि लहान अस्पतालमा राखिएको छ । श्रीमती प्रहरी नियन्त्रणमा रहेको छ ।