सिरहा, ७ पुस । सिरहाको कर्जन्हामा एक घरमा आगलागि हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको कर्जन्हा नगरपालिका ८ गौतारीमा मंगलबार राति पुरन ठाकुरको घरमा विद्युत तार सर्ट भई आगलागि हुँदा करिब १५ लाखको धनमाल जलेर नष्ट भएको हो ।bbb 1
आगलागिबाट घर सहित घरमा रहेका टिभी सेट, लत्ताकपडा, अन्न पात जलेर नष्ट भएको छ ।

विद्युत मिटरमासमस्या भएकाले विद्युतकाले कर्मचारीलाई आग्रह गरेपनि कर्मचारीले मर्मत र हेर्न नमानेको ठाकुरले आरोप लगाएको छ । मंगलबार अपरान्ह विद्युात कर्मचारी गाउँमै आएकाबेला मर्मतको लागि अनुरोध गरेपनि नहेरिदिएको बताए ।
आगो स्थानीयको प्रयासमा नियन्त्रणमा लिएको वडा अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । पीडितको घर पुगेर जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुर, कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासवान र कर्जन्हा रेडक्रसका अध्यक्ष सरोज पासवानले राहतको लागि पहल गर्ने बताएका छन् ।
उनीहरुले वडा कार्यालयमार्फत सवै क्षतिको विवरण सहित निवेदन दिन अनुराधे समेत गरेको छ ।