वीरगञ्ज, २७ मंसिर । प्रतिबन्धीत लागु औषधसहित भारतीय नागरिक लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका २१ बाट प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले भारत बिहार मोतिहारी थाना रक्सौल ११ का ८० वर्षीय बृद्ध बिजय कुमार कपुरलाई पक्राउ गरेको हो ।
प्रहरीलाई शंकालागि चेकजाँचगर्ने क्रममा खैरो रंगको ब्ल्याङ्केटको झोलाभित्र लुकाएर ल्याएको लागु औषध फेला परेको पर्साकाप्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
कपुरको साथबाट प्रहरीले नुफ्रिन, डाईजेपाम, प्रोमिफाईजाम, हाईड्रोक्लोराईड ५÷५ सय एम्पुल गरी १५ सय एम्पुल बरामद गरेको डिएसपी खनालले बताए ।
डिएसपी खनालका अनुसार कपुरलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको छ ।