सुरेश राय
सिरहा, २५ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नपा ९ मुसहर्नियामा डोजरले किचेर एक बालकको मृत्यु भएको छ । सडक निर्माणकार्यमा सम्लग्न चाइना कम्पनीको डोडरले किचेर आज अपरान्ह स्थानीय संदिप मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थको मृत्यु भएको हो ।
सडक पेटिमै खलिरहेका बालकको डोजर व्याक गर्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको स्थानीय सन्तोष साहले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र चालक नियन्त्रणमा लिएको जनाएको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगेको जनाएको छ ।