वीरगञ्ज, २५ मंसिर । राष्ट्रिय दलित पत्रकार संघ पर्साको बैठक शनिवार सम्पन्नभएको छ । वीरगञ्ज महानगरपालिका ८ पानीट्यांकिस्थित संघको कार्यालयमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बैठक सम्पन्नभएको हो ।
बैठकले यही मंसिर २९ गते बुधवार औपचारिक रुपमा कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको संघका सचिव सूर्यनारायण वि.क.ले जानकारी दिए । सचिववि.क.काअनुसार विशूद्ध रुपमा दलितका मुद्दा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमा पत्रिका प्रकाशनगर्नुका साथै अनलाईन सञ्चालनगर्ने निर्णय पनि गरेको छ ।
बैठकलाई सम्बोधनगर्दै संघका सल्लाहकार बृजलाल पासवानले दलित पत्रकार संघ मार्फत पर्सा जिल्लाका दलितहरुका आवाज उठान गर्न मासिक पत्रिका र अनलाईनले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्त गरे ।
पासवानले भने, ‘अबदलितपत्रकार संघका गतिविधिलाई बढाउनुपर्छ र दलितमहिला सदस्यसँगै अन्यदलित समुदायलाई पनिउनीहरुले राज्यबाट पाउने हकअधिकारको बारेमा सुसचितबनाउन संघले पहल चाल्नुपर्छ ।’
संघका अध्यक्ष श्याम पासवानले दलित पत्रकार संघ पर्सा शाखालाई नमुना शाखाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिल हजरा, ईश्क कुमार पासवान, दलित अगुवा बुनेल रामलगायतको उपस्थिती रहेको थियो ।