सुरेश राय

सिरहा, १६ मंसिर । सिरहामा ४ वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु भएको छ । सिरहाको गोलबजार नपा ७ कदिमाटोलका श्यामसुन्दर यादवको ४ वर्षिय छोरा आरएनको विद्यालय नजीकैको पोखरीमा डुवेर मृत्यु भएको हो ।laxmi lugadhune sabun
घरबाट पढ्न विद्यालय गएका बालक विद्यालय नजीकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा साथीहरुले देखेपछि शिक्षकलाई खवर गरेका थिए । शिक्षक तथा स्थानीयले प्रहरीलाई खवर गरेपछि तत्काल प्रहरी पुगेर उद्धार गरेपनि बालकको मृत्यु भईसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
पोखरी नजीकै उनको खेतमा उनको हजुरआमा गएको देखेर बालक त्यहाँ जाँदा पोखरीको भिरालो डिलबाट लढेर पानीमा डुवेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी बालविकासमा पढ्दै गरेको बताइएको छ ।

pk-farnichar GBR