महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा 

    • मंसिर १६, २०७८
    • ४२५ पटक पढिएको
    • न्युज कारखाना

    काठमाडौं, १६ मंसिर ।   चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हाे ।  

    प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टाेली नेपाल आर्मीले पनि सहभागिता जनाउने भएका छन् ।

    राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जानकारी दिए ।  

    स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । 

    गत वर्ष माघमा सुदूरपश्चिमकाे महेन्द्रनगरमा भएको तेस्रो संस्करणको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको थियो । 

    प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

     

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल