सिरहा, १३ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बालअधिकार सचेतना समूहको पुर्णगठन गरेका छन् । प्रदेश २ कार्यलयको आयोजनामा बिष्णुपुर गाउँपालिका १ मा रहेको जन्ता माध्यमिक बिद्यालय गौरीपुरमा आइतबार कोष हस्तान्तरणगरी बालअधिकार सचेतना समुह पुनरगठन गरि पुनरगगठान गरेको हो ।
बिद्यालयका २३ सदस्यीय समुह गठन गरेका छन । नयाँ कार्यसमितिलाई इन्सेकले बिद्यालयलाई १० हजार सहयोग गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बिष्णुपुर गाउँपालिका वडा न १ का वडा अध्यक्ष गोपिन्द्र यादवले बालअधिकार सचेतना समुहको पुर्णगठन, कोष हस्तान्तरण र कार्ययोजना निर्माण गरेकोमा इन्सोकलाई धन्यवाद दिदै इन्सेक प्रदेश न.२ का प्रमुख राजु पासवानलाइ गाउँ पालिकामा महत्त्वपूर्ण कार्यक्रम ल्याएकोमा आभार प्रकट समेत गरे ।
कार्यक्रममा बिष्णुपुर गाउँपालिका मानवअधिकार समुहका अध्यक्ष उमाकान्त साहको अध्यक्षतामा र वडा न. १ का अध्यक्ष गोपिन्द्र यादवको प्रमुख्यातामा, बिद्यालयका प्राध्यापक प्रह्लाद यादव, इन्सेक प्रदेश प्रमुख राजु पासवानको विशिष्ठ, महिला सशक्तीकरण सामुदायिक संस्थाकि अध्यक्ष बबिता मिश्रको अतिथित्य र पत्रकारको सह्भागीमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।