सर्लाही, १२ मंसिर । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा भएको विवादको क्रममा गोली चलेको छ । बलरा नगरपालिका ९ नम्वर वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको बताएको छ ।