वीरगञ्ज, १२ मंसिर । जिल्लाप्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश कुमार बस्नेतले अपराधीक क्रियाकलापको नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरिय परिसर काठमाडांैबाट सरुवाभएर पर्सा जिल्ला आएका एसपी बस्नेतले आइतवार सञ्चारर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा अमनचयन कायम गर्नुका साथै अपराध अनुसन्धानमा दृढताका साथलाग्ने बताए ।
बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् ।
छिमेकी राष्ट्र भारतसँग खुला सीमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्तहुने एसपी बस्नेतको विश्वास व्यक्त गरे ।
परिचयात्मक कार्यक्रमलाई सम्बोधनगर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पर्सा जिल्लामा पत्रकारहरुको तर्फबाट एसपी बस्नेतलाई स्वागतगर्दै यहाँको बसाई उपलब्धीमुलक एवम् फलदायी होस् भन्ने कामना गरेका छन् । साथै सीमाक्षेत्रमा सर्वसाधारणलाई दिइने सास्तीमा गम्भिर भएर लाग्नपनि सचिव चौहानले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायत पत्रकारहरुको उपस्थिती रहेको जिल्लाप्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।