सिरहा,११ मंसिर । सिरहा नगरपालिका ८ का वडाध्यक्ष नागेश्वर यादव र सहायक वडा सचिव सुन्देश्वर यादवले संयुक्त रुपमा वडाको नभकाटोलमा आरसीसी ढलानको शिल्यानास गरेको छ ।
बर्षातको समयमा वडाबासीको सहजताका लागि वडाको विभिन्न टोलमा आरसीसी ढलान गर्ने कार्यलाई प्रथमिकतामा राखेर काम गर्दै आएको अवस्थामा नभकाटोलको आरसीसी ढलान सुरुवात गरिएको उनले बताए । चालु आर्थिक वर्षमै वडाको अरु बस्ती तथा टोलमा आरसीसी ढलान गरिने कार्य सुरु हुने उनले थपे ।
आरसीसी ढलानले पचासौं घरका बासिन्दालाई आवत जावत गर्न सहज हुने आरसीसी ढलान उपभोक्ता समितिका अध्यक्ष उदगार महराले बताए । वर्षातको मौसममा हिलो भएर महिला, बालबालिका, जेष्ठ नागरिकलाई हिड्डुल गर्न असहज हुँदै अएको अवस्थालाई आरसीसी ढलानले दुर गर्ने उनले विश्वास व्यक्त गरे ।
बिष्णु यादवको घर देखि पूर्व सल्हेश मार्गसम्म आरसीसी ढलान गर्न वडाले ५ लाख बिनियोजन गरिदिएको उपभोक्ता समितिकी कोषाध्यक्ष बिभा यादवले बताइन् । टोलबस्तीका बासिन्दाको सुविधासँग जोडिएको निर्माण कार्यलाई गुणस्तरीय बनाउनका लागि आफु कडा निगरानी राख्ने उनले थपिन् । सडक संजालको दिगो व्यवस्थापनको रुपमा हुन लागेको आरसीसी ढलानलाई बस्तीमा स्तरीय बनाउनका लागि आफुले पनि निगरानी राख्ने वडा सदस्य रामप्रवेश ठाकुरले बताए ।