वीरगञ्ज, ८ मंसिर । पर्साको धोबिनी गाउँपालिका २ भिखमपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठन नगरेर राजनीतिगर्ने र विद्यार्थीको भविष्यसँग खेलवाँड गर्ने प्रवृति हावीभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएकाहुन् ।
यसअघिका प्रधानाध्यापक ध्रुब राम विरुद्ध मुद्दा दर्ता गरेर काम गर्न नदिनुका साथै अहिले प्रधानाध्यापक रामको पदसमेत खोसेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । मा.वि. तहका कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने २ जना, नि.मा.वि. तहमा ३ जना र प्रा.वि तहमा ५ जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेपनि विषयगत शिक्षकको अभावका कारण पठनपाठनले गति लिननसकेको कक्षा १० मा अध्ययनरत छात्र कृष पटेलले बताए ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा मा.वि. तहका प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता गरेर अहिले नि.मा.वि.तहका शिक्षक बिनय पटेल प्रधानाध्यापक बनेपछि विद्यार्थीहरुले आपत्तिजनाएका छन् । यथा शिघ्र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने भन्दै गाउँपालिकामा ध्यानाकर्षण गराउन गएका विद्यार्थीहरुलाई गाउँपालिका प्रवेशमा रोक लगाएर गेट बन्द गरिएका थिए ।
यता विद्यार्थीहरुले गेट बन्द गरेर प्रवेशमा रोक लगाएको भन्दै बाहिरैबाट नाराबाजी गरेका थिए । विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीसमेत परिचालित गरिएको बताइएको छ । यता प्रहरीले विद्यार्थीहरुलाई कुटपिट गर्नुका साथै छात्राहरुलाई महिला प्रहरी बिना नै दुव्र्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । तिमीहरु विद्यार्थी नभए मारिदिन्थे भन्दै धम्की समेत एक जनाप्रहरीले दिएको कक्षा १० मा अध्ययनरत छात्रले नामनबताउने शर्तमा बताए ।
शिक्षकको व्यवस्थापन गरिदिनुपर्ने माँग राख्दै आधा घण्टा हिँडेर खानासमेत नखाएर गाउँपालिका कार्यालय पुग्दापनि गाउँपालिका अध्यक्षका नजिकका व्यक्तिहरुले गेट बन्द गरेर भेट्न नदिएको उनीहरुको भनाई छ । प्रहरीको कुटाईबाट कक्षा १० मा अध्ययनरत छात्र नविनकुमार राम, छात्रा बन्धना पटेल सहितका विद्यार्थीहरुलाई चोट समेत लागेको विद्यार्थीहरुले बताएका छन् ।
सो अवसरमा कक्षा ९ र १० मा अध्ययनरत लग भग डेढ सय भन्दा बढी विद्यार्थीहरुकोे उपस्थिती रहेको थियो । गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मी भने आफू व्यस्त छु भन्दै पन्छिन खोजे ।