सिरहा, ७ मंसिर । पूर्वश्चिम राजमार्ग अन्तर्गत लहान ११ मा पडरियामा भेटिएको शवको परिचय खुलेको छ । सडक किनारमा आज विहान भेटिएका युवक सप्तरीको शम्भुनाथ नगरपालिका ३ का उचित लाल चौधरीको छोरा ३६ वर्षिय राजकुमार चौधरीको रहेको प्रहरीले जनाएको छ ।
उनका शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । उनको मृत्यु हुनुको कारण अझै नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले जनाए । शव विहान सडक किनारा भेटिएको थियो ।