सिरहा, ५ मंसिर । सिरहा प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले नरहा गापा ३ करेसाबारीबाट ४ ग्राम ५ सय ५० मिलिग्राम लागुपदार्थ ब्राउन सुगर सहित स्थानीय २१ वर्षीय इन्दल यादव र २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

करेशा वारीमा वसेर प्याकिङ्ग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख इन्सपेक्टर सन्तोष कुमार राई नेतृत्वमा गएका टोलिले दुवैजनालाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनामाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।