साङ्केतिक फोटो ।

सप्तरी, ५ मंसिर । सप्तरीको बोदे बरसाइन नगरपालिका ७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स ६ प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सप्तरी खडक नगरपालिका ११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।