बर्दिवास, ४ मंसिर । राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालमा विकासको मेरुदण्डको रुपमा सहकारी संस्थाहरु धमाधम खुल्न थालेपछि शैक्षिक सहकारीको आवश्यकता महशुस गरी यसको स्थापना भएको बताइन् । महोत्तरीको बर्दिबासमा शनिबार महिलाले सञ्चालन गरेको महिला केन्द्र बहुउद्देश्य सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।abardiwas 1
मल्लले आफू सहकारीमा प्रवेश गर्दाको समय स्मरण गर्दै सहकारी समाज सेवाको क्षेत्र रहेकोले समाजलाई यसले आर्थिक समुन्नती तिर लग्ने जिकिर गरिन ।
उनले प्रदेश नं २ मा सहकारी ऐन अहिले सम्म बन्न नसक्दा प्रदेश सहकारी संघ गठन हुन नसकेको कुरामा दुख व्यक्त गरिन् ।
एक फरक प्रसंगमा मल्लले महिलाहरु अझै गुणात्मक रुपमा राज्यको माथिल्लो निकायमा पुग्न नसक्नुमा अध्ययन र चेतनाको कमी रहेकाले स्वयम्ले सो को विकाश गर्दै क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिइन् ।
साथै वर्तमान समयमा पुरुष दाजुभाइले पनि महिला दिदिबहिनी र श्रीमतीलाई आफ्नै पहिचानमा बाँच्न अभिप्रेरित गरेको भन्दै अब अगाडी बढने समयको सुरुवात भएको उल्लेख गरिन । यसैगरी संस्थाले एक वर्षको अवधिमा ४३ लाख ९४ हजार ७ सय ४ रुपैया मुनाफा कमाएको जनाएको छ । २ हजार ९ सय ५० जना शेयर सदस्य रहेको सहकारीमा हाल ७ करोड, ५६ लाख २८ हजार रुपैया बचत र १ करोड ४ लाख ९ सय ६ रुपैयाँ शेयर पँुजी संकलन गरेको छ । हाल संस्था संग १ करोड ८० लाख रुपैयाँ जगेडा कोष रहेको जनाएको छ । यसैगरी संस्थाले ९ करोड ९० लाख ऋण लगानी गरेको छ । संस्थाका अध्यक्ष शारदा दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एक वर्षको अवधिमा संस्थासंग जोडिएर विभिन्न विधामा उत्कृठ व्यवहार गर्ने शेयर सदस्यका छात्र, छात्रा, असल कारोबारकर्ता, उत्कृष्ट कृषी कार्यकर्ता, उत्कृष्ट महिला समुहहरुलाई पनि सम्मान गरिएका थिए ।