सिरहा, ४ मंसिर । सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लागाएको गाँजा फडानी गरेका छन् । । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नगरपालिकोको ७, ८ र १० नम्वर वडाको करिव १० विगहा जमिनबाट ५० हजारभन्दा बढी गाँजाको बोट फटानी गरी आगजानी गरेको हो ।
अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियोन अन्तर्गत आज फल लाग्नु भन्दा अगावै फडानी गरिएको प्रहरीको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोेकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत उनले बताए ।
यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारै तर्फ उखु, रहर, तरकारी खेती लगाएर विचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाई छ । कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको प्रहरीले बताए ।
प्रहरीका अनुसार मानिसले परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाई छ । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन सक्ने प्रहरीले भनाई छ ।
गाजाँको मूल्य दिनानु बढेसँगै सिरहामा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढेको बताइन्छ ।

ganja 4 ganja