वीरगञ्ज, ३ मंसिर । न्यायपालिका शुद्धिकरणसँगै प्रधानन्याधिशको राजीनामा मागगर्दै उच्च अदालत बार एसोसियसन वीरगञ्जमा पनि धर्ना दिएको छ । उच्च अदालत वीरगञ्जको परिसरमा बिहान ११ बजेदेखि साढे १ बजेसम्म धर्ना दिइएको उच्च अदालत बार एसोसियसन वीरगञ्जका अध्यक्ष प्रमोद प्रसादले जानकारी दिए ।
शान्तिपुर्ण ढंगले धर्ना दिएको बेलामा एसोसियसनका केन्द्रिय अध्यक्ष सहित कानुनव्यवसायी माथी प्रहरीले बिहिवार र शुक्रवार बिहान हातपात गरेकोमा एसोसियसन वीरगञ्जले आपत्ति जनाएको उच्च अदालत बार एसोसियसन वीरगञ्जका निवर्तमान अध्यक्ष सुधिर कुमार कर्णले बताए ।
उनले भने, ‘प्रधानन्याधिश चोलेन्द्र शमशेर जबरालाई राजीनामादिन ३ दिनको अल्टिमेटम दिइएको थियो । आज अन्तिमदिन हो । आज साझसम्मपनि प्रधानन्याधिश जबराले राजीनामा नदिए अँझै सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।