जनकपुर, २ मंसिर । धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना परी दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । कमला नदीमा लाग्ने कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका ७ मा पल्टिएर दुर्घटना भारत सितामढीका अम्बिका देवी र रामदयाल यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक जनकपुरमा राखिएको । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनएको छ ।