सिरहा, १ मंसिर । सशस्त्र प्रहरी बल प्रदेश नं. २ छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले सिरहाको औरही गापा इटाटार नजीकै धानखेतमा बेवारिसे अवस्थामा रहेको लाखौं मूल्यको कपडा बरामद गरेको छ । भारतबाट नेपाल तर्फ तस्करहरुले ल्याईरहेको अवस्थामा प्रहरीलाई देखेर करिव २ लाख मूल्यबरारको सामाग्री छोडेर तस्करहरु भागेको हुनसक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको लत्ता कपडा आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ ।