बद्री नारायण यादव
सिरहा,२९ कार्तिक । शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्रीबोधमायायादवले बालविकास केन्द्रहरुमाकार्यरत सहजकर्ताको एकद्वार प्रणालीबाटतलबव्यवस्थापनकालागिप्रयास गरिने बताएकी छन् । स्थानीयतहमाकार्यरत शिक्षाशाखाप्रमुखतथाजनप्रतिनिधिहरुलाई शैक्षिकनीतिबारे दुई दिने कार्यशालाको उद्घाटन समारोहमाबोल्दै त्यस्तो कुरा बताइन् ।
निर्धारण गरिएको मापदण्ड अनुसार केन्द्र तलबको निकासादिने र स्थानीय तहबाट दिइनुपर्ने थप रकमनदिने गरेको गुनासो आएको उनले बताइन् । उनकाअनुसार तलबमाएकरुपतानहुनाले शैक्षिकक्रियालापमा असर पार्ने भएकोले त्यसलाई सच्चयाउनकालागिबालविकास केन्द्रहरुमाकार्यरत सहजकर्ताहरुको तलबकुनै एकैठाउँबाट दिने गरि प्रयास गर्ने छु ।
सिरहाजिल्लाको अधिकतर पालिकाहरुमा दरबन्दीमिलानभइसक्नु राम्रो पक्षभएको बताउदै उनले बाँकीपालिकामापनि दरबन्दीमिलान छिटै होस र सिरहाजिल्लामा शैक्षिकक्रियाकलापमाप्रभावकारी प्रयासहरु गरिनुपर्ने थपिन् । शैक्षिक सुधारका लागिगरिने हरेक क्रियाकलापमाआफ्ने सहयोग रह्ने उनले प्रतिबद्धता समेत जनाइन् ।
जिल्लाको धनगढिमाई नगरपालिकामा शैक्षिकगतिविधिलाई केन्द्रित गरेर गरिएकाप्रयासबारे अरु पालिकाले अनुसरण गरियो भने सिरहाजिल्लाको शिक्षा क्षेत्रमा सुधार आउने जिल्ला समन्वय समिति सिरहाका सभापतितथाउद्घाटन समारोहकाअध्यक्ष रामचन्द्र ठाकुरले बताए । शिक्षा पाठ्यक्रममामातृभाषलाई समावेश नगरिएका कारण शिक्षाको स्तरीयतामाकमीआएकोले मातृभाषालाई शिक्षाको पाठ्यक्रममा समावेश गरिनुपर्ने उनले माग गरे । उनकाअनुसार जिल्ला समन्वय समितिले पनिआउने दिनमामातृभाषालाई शिक्षाको पाठ्क्रममा समावेश गर्न जोडदार पहलगर्ने छन् ।
सिरहाजिल्लाको शैक्षिक सुधारका लागि आफुबाट हुने हरेक खाले प्रयास समन्वयगर्न तयार रहेको शिक्षाविकास तथा समन्वयइकाई सिरहाकाप्रमुखशशिकुमार यादवले बताए । शैक्षिक सुधारसँग जोडेर पालिकाहरुले गर्ने कार्यहरुलाई सफलताप्राप्तीकालागिआफुकानूनले मिल्ने सहयोग गर्न तयार रहेको उनले थपे ।
जिल्ला समन्वय समिति सिरहाका सभापतिरामचन्द्र ठाकुरको अध्यक्षतामाभएको उद्घटन समारोह प्रमुखजिल्लाअधिकारी प्रदिपराज कणेल लगायतले जिल्लाको शैक्षिकगतिविधिलाई जोडेर आ–आफ्नो बिचार व्यक्त गरे । कार्यशालामा १७ वटै स्थानीयतहमाकार्यरत शिक्षाशाखाकाप्रमुख र वडाध्यक्षहरुको सहभागीता रहेको हो ।