सिरहा, २७ कात्तिक । कामना सेवा विकास वैंकले आफ्नो १५ औं स्थापना दिनवसको अवसरमा विपन्न दलितहरुलाई कम्वल वितरण गरेको छ । सामाजिक कार्यगर्ने उद्देश्य अनुरुप बैंकको गोलबजार शाखाले गोलबजार नगरपालिका ७ धर्मपुरका ३० घर परिवार दलित तथा विपन्नहरुलाई कम्पल वितरण गरेको हो ।
स्थानीय हरिशंकर ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न वितरण कार्यक्रममा बैंकहरुलाई यस्तो समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
गोलबजार शाखाका प्रमुख सरोज शर्माले आफूपनि यही समाजको छोरा–भतिजा भएकाले बैंकले गर्ने सामाजिक कार्यमा सधै सक्रिय रहने बताए ।
त्यसैगरी, बैंककै लहान शाखाका प्रमुख प्रकाश घिमिरेले यस्तो खालको सामाजिक कार्यगर्न बैंक सधै तत्पर रहने जनाए ।
बैंकको आफ्नै खालको नीति नीयम भएकाले यस्ता कार्य निरन्तर हुने जनाए । उनले आजै लहान शाखाले रक्तदान कार्यक्रममो आयोजना गरेको जानकारी दिए । सो क्रममा ३६ जनाले रक्तदान गरेको जनाए ।
जाडो भित्रिदै गरेको बेला बैंकले कम्वल सहयोग गरेकाले स्थानीयले खुशि व्यक्त गरे । कम्पल पाएपछि स्थानीय रावति सदा र तपेश्व्र महराले बैंकलाई धन्यवाद दिए ।