संजय विश्वकर्मा
लहान २७, कार्तिक । सिरहाको सखुवानन्नकारकट्टी गाउँपालिका वडा नम्बर - २ का वडा अध्यक्ष बिल्टु यादवको अल्पअयुमै निधनले वडाको मात्र क्षती नभएर सम्पुर्ण गाउँपालिकाको क्षती भएको सखुवानन्नकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनु भएको छ । शुक्रवार गाउँपालिका द्वारा आयोजित श्रद्धाञ्जली सभाको सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले वडा अध्यक्षको निधनले पालिकामा एउटा असल अभिभावकलाई गुमाएको बताएका छन् ।
वडा अध्यक्षको निधनले गाउँपालिकामा अपुरणिय क्षती भएको भन्दै सभामा उनको ब्यक्तिगत र समाजिक छवीको बारेमा चर्चा गरिएको थियो । वडा अध्यक्ष यादव सहासिक र उच्च मनोवलको मन्छे थियो , मनमा लागेका कुरा उहाँले नहिच्कीचाई ढुक्क साथ कार्यपालिका बैठकमा राख्थे , जनताको काम गर्न पछाडि नपर्ने हसिलो र मिलनसार स्वभाव भएका कारण वडा अध्यक्ष यादवको दाह - संस्कारमा सबै पार्टीको कार्यकर्ताहरुको उपस्थित रहेको जनाए ।
जनप्रतिनिधिको कार्यकाल समाप्त नहुदै वडा अध्यक्षको निधनले सम्पूर्ण गाउँपालिका बासीलाई दुखित तुल्याएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले सुनाए । जिउँदो हुँदा कार्यपालिका महत्त्वपूर्ण बैठकको निर्णय लगायत औपचारीक र अनैपचारीक रुपमा वडा अध्यक्ष ज्युको बिचार आएको छ , उक्त बिचारलाई बजेट तथा नीति कार्यक्रमहरुमा समेटने अध्यक्ष यादवले प्रतिबद्धता गरेका छन् । `बिल्टु जि´ ले जनताको लागि बोकेका सपना सकार पार्न गाउँपालिका पछि नपर्ने भन्दै १३ औं दिनको पुन्यतिथी सोठिआईन मै मनाउने निर्णय गरेको अध्यक्ष यादवले सुनाए ।
मान्छेको जन्म भएपछि मृत्यु निश्चित छ, जति पैसा वाला मान्छे भएपनी मृत्युलाई किन्न सकिदैन , मानव जिवनमा जन्म र मृत्युको बिचको समय अमुल्य हुन्छ, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले बताउनु भयो । वडा अध्यक्ष यादवको जनतालाई सेवा गर्ने कार्यगर्ने शैली राम्रो थियो , `कर्मचारी र जनप्रतिनिधि दुबैको भावना बुझ्ने वडा अध्यक्ष उनी रहेको अधिकृत महतोले बताएका छन् ।, वडा नम्बर - ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा एक जना असल , मिलनसार , ईमान्दार वडा अध्यक्षको निधन भएको सुनाउनु भयो । त्यसतै श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष अमला देवि यादवले भावुक भएर मन्तब्य राख्न असमर्थ भएका थिए , कार्यक्रम मै उनको अँखा रसाए ।
श्रद्धाञ्जली कार्यक्रममा ईन्जिनियर राधेश्याम यादव , समाजसेवी मानविर यादव , मो मुस्ताफा , कृषि अभियान्ता रहमुल राईन लगायत सम्पुर्ण शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले वडा अध्यक्ष यादवको तस्बिरमा माल्याअर्पण गरेका थिए । वडा अध्यक्ष यादवको किड्नीको समस्याको करण २०७८ कार्तिक २४ गते बुधबार आचानक मृत्यु भएको थियो ।
सभामा उपस्थित सम्पुर्णले मृत्यक प्रती भावपुर्ण श्रद्धाञ्जली दिदै शोकाकुल परिवार जनमा गहिरो समबेदना ब्याक्त गरेका थिए । मृत्यक वडा अध्यक्ष प्रती शोक मनाउन गाउँपालिकाले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेका छन् । कार्तिक २८ आईतवारका दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्था ,कार्यालय बन्द रहने जनाएको छ ।