सिरहा, २६ कात्तिक । सिरहामा एक किशोरी बलात्कृत भएको भन्दै उजुरी परेको छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लहान नपा १४ का २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको हो ।
पीडित किशोरीमाथि विहिवार बलात्कार गरेको आरोपमा कारवाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दाहाले जानकारी दिए ।
पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भईरहेको जनाको छ । घटनाबारे थप अनुसन्धानभईरहेको पनि प्रहरीले जनाएको छ ।