सिरहा, २६ कात्तिक । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्वरप्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिथनिधी र स्थानीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । छठ पर्वको दिन अध्यक्षका अफन्त र कार्यकता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधीले नै बा. २ झ ३६४३ नम्वरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको हो ।
पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधी, ड्राईभर समेत नभएकाले स्थानीय र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको छ । रातको समयमा बाटोमा दुईतीन पटक गाडि दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधी कोही नदेखेपछि प्रहरीलाई खवर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए ।
स्थानीयका अनुसार उनीहरु छठको दिन मदिरा सेवन गरेर नाचहेर्न जाँदै गरेको बताइएको छ । उनले गाउँ पालिका अध्यक्ष चढ्ने गाडी यसरी मनोमानी गर्नु चरम दुरुपयोग भएको बताए ।
यता प्रहरीले जनप्रतिनिधी र स्थानीयले नियन्त्रणमा लिई जिम्मा लगाएको बताए । इलाका प्रहरी कार्यालय विष्णुपुरले ल्याएको भएपनि त्यहाँ सुरक्षि नहुनसक्ने भन्दै गाडी जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
बुधबार राती नै प्रहरीले गाडी लगेको भएपनि अझै गाउँपालिका गाडिलिन पुगेको छैन ।
यता गाउँ पालिका अध्यक्ष जागेश्वर यादवले वडाअध्यक्ष कपिलदेव यादवले छैठ घाटमा घुम्न जाँन्छु भनेर लगेको बताए । उनले भने, ‘म थाकेको थिएँ ड्राईभर पनि नभएकाले उनीहरुले लान्छु भनेर लगेको थियो, पछि मैले प्रहरीले लगेको थाहापाएँ । मसँग जसले गाडी लगेको उसैले ल्याउँछ । म लिन जान्न ।’