वीरगञ्ज, १५ कार्तिक । वि.स. २०७५ सालभदौ ३० गते रातिकरिब १ बजेतिर बेजोडको हुरी चल्यो । आँदी बेहरीसहितको हावा हुरीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका सोतिलाल प्रसाद साहको कुखुरा फारम क्षति ग्रस्त भयो ।
लम्बाई ८० फिट, चौगाई २५ फिटको पर्खाल बनाएर निर्माण गरिएको कुखुरा फारम क्षतिग्रस्त हुँदा ५ लाख ६५ हजार बराबरको नोक्सानीभएको पिडित साहले बताए । प्राकृतिक विपत्तीले आफ्नो जीउने आधार नै खोसेर लैजान्छ भन्ने साहलाई के थाहा ! हावाहुरीले क्षतिग्रस्त भएपछि बिहानपख अस्थाइ प्रहरी पोस्ट बहुअर्वाभाठाबाट आएको टोलीले मुचुल्का उठायो । पुरै लगानी बालुवामापानी खन्यायसरी हावाहुरीले चौपट भएपछि अब के गर्ने भन्ने अन्यौलता छाएको साह बताउँछन् ।
उनले वडा कार्यालयमा निवेदन दिए । थोरै भएपनि राहतपाउने आशमा प्रहरी पोस्ट र वडा कार्यालयबाट सिफारिस लिएर उनले नगर पालिकामा निवेदन दिए । २०७५ सालभदौ ३० गते भएको क्षतिको राहतस्वरुप उनलाई २०७८ कार्तिक ९ गते नगरपालकाले ५ हजारको चेक दिनखोज्यो । विचमा कोरोना भाइरसको महामारीका कारण राहतमा ढिलाई भएको नगरपालिका कार्यालयले जनाएको छ ।
साढे ५ लाखभन्दा बढीको क्षतिभएको व्यक्तिलाई कुन आधारमा ५ हजारको राहत दिनखोजिएको हो भन्ने कुरामा नगरपालिका नै अस्पष्ट छ । ‘साढे ५ लाखको क्षतिभएकोमा म ५ हजारको चेक लिएपछि कसरी स्विकार गर्न सक्छु ?’, सोतिलालले भने ।