सुरेश राय
सिरहा,१५ कात्तिक । डिभिजन वन कार्यालय लहानले भारीमात्राका सखुवाको चिरान बरामद गरेको छ । विशेष सूचनाको आधारमा गोलबजार नपा ८ चोहर्वाको मैनाबती खोला नजीकैबाट साइकलमा ल्याउँदै गरेको अबस्थामा २० थान सखुवाको चिरान र ४ थान साइकल बरामद गरेको हो ।
चुरेक्षेत्रको वनबाट अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।
वन रक्षकहरुलाई देखेपछि तस्कहरु काठ र साइकल छोडेर भागेको दासले बताए ।
दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी ल्याउने गरेको बताए ।
पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार एक लाख भन्दा मूल्यको रहेको बताइएको छ । यस सम्वन्भमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए ।
आवश्यक सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिपनि पुगेको थियो ।