उदयपुर, १४ कात्तिक । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बाँस काट्ने क्रममा मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा टाँसएर रौतामाई गाउँपालिका ८ डुम्रीथुम्काका ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको हो ।
करेन्ट लागेका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।