सिरहा ११ कात्तिक । सिरहामा अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र एक ट्याकटर प्रहरीले नियनत्रणमा लिएको छ । गोलबजार नगरपालिका १० मैनावति खोलाको पशिचम वनको जग्गामा उत्खन्न गर्ने देव विल्डर्स प्रा.लि. जनकपुरको जेसीवी र ओनटेष्ट पावर ट्याकटर पहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ परेको गाडी वनलाई बुझाउने भनेपनि निजी जमिनम भएको भन्दै नगरपालिकाको जिम्मा लगाउने बताएको छ । प्रहरीले अहिलेसम्म कोही पनि प्रमाणलिएर नआएको बताए ।
ग्रेयाभेल खनेर वडाकै रुवालेटोलको बाटो मर्मतको काम गरिरहेको स्थानीयले बताएको छ । वडा अध्यक्ष देवनारायण महतोले पनि तेजकुमार थापा उपभोक्ता समिति रहेको काममा माटो ल्याएको भन्ने सुनेको बताए । उनलेभने, ‘म बाहिर गएको थिएँ, भर्खर घर आईपुग्दा ट्याक्टर र जेसीवी प्रहरीले लगेको भन्ने सूचना पाएँ । अरुकुरा बुझ्दै छु ।’ बाटो मर्मतको लागि ५ लाख रुपौयाँ छुट्याइएको वाटाअध्यक्ष महतोले जानकारी दिए ।
यो क्षेत्रमा विकास निर्माणको काममा मनपरी ग्र्याभेल उत्खनन गर्दै आएको छ । यस प्रति नगरपालिका उदासिन देखिएको बताइन्छ ।