फाईल फोटो ।
बर्दिवास, ११ कात्तिक । प्रहरीले महोत्तरीबाट करिव १३ लाख नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका ९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई आठ लाख ९७ हजार ४ सय ३५ नेपाली र दुई लाख ८० हजार ९ सय २९ रुपैयाँ भारतीय नोट प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।
बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिएको थिए । उनलाई नियन्त्रणमा लिई डेरा खानतलासी गर्ने क्रममा सो रकम फेला परेको इलाका प्रहरी कार्यालय गौशलाले जनाए ।
बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको बताइएको छ ।