•  सुरेश राय

सिरहा, १० कार्तिक । नेपाल तरुण दलको ६८ औं स्थापना दिबसको अबसरमा नेपाल तरुण दल सिरहाद्वारा आयोजित रक्तदान क्रायक्रमको आयोजना गरेको छ । रक्तदान क्रायक्रममा ३५ जना रक्तदान गरेका छ्न ।BD 1
गाउँघरमा विरामी हुँदा रक्त चाहिने अवस्थामा आफूलाई फोन गर्ने भएकाले रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल तरुण दलका जिल्ला सद्स्य अर्बिन्द मन्डलले जान्कारी दिए ।
युवाहरुले रक्तदान क्रायक्रमको आयोजना गरेर समाज सेवाको काम गरेका गरेको भन्दै प्रमुख अतिथी नेपाली काङ्रेसका जिल्ला सभापती तथा संविधानसभा सदस्य रामचन्द्र यादबले खुसी ब्यक्त गरे ।
रक्तदान क्रायक्रममा काँग्रेस नेता तथा संविधानसभा सदस्य डा. गणेश मन्डल, नेपाल किसान सङका जिल्ला अध्यक्ष कौसल मन्डल लगायतका उपस्थिति रहेका थिए ।