सिरहा, ८ कात्तिक । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चौथो वर्षिक उत्सवको अवसर पारेर गोलबजार शाखा परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्दतान कार्यक्रममा १ महिलासहित ५८ जनाले रक्तदान गरेका छन् ।
कोरोनाका कारण अस्पतालहरुमा रक्त अभाव भएकाले र समाजिक दायित्व अन्तर्गत कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रवन्धक शशिशेखर यादवले जानकारी दिए ।
रक्तदान कार्यक्रममा १२ जना नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरुले रक्तदान गरेका छन् ।
यस विचमा धेरैजनाले रक्तको लागि आफूलाई फोन गर्ने तर, रेडक्रसमा रक्त अभाव रहने गरेकाले उनले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए । उनले आफू पूर्व प्राज्ञिक विद्यार्थी परिषदको केन्द्रीय सदस्य रहेका बेला यस्ता काम गर्दै आएकाले स्थानीयले मलाई यस्तो बेला खोज्ने गरेको जनाए ।