सिरहा, ६ कात्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा पूर्व सिरहा जिल्ला सभापति रामानन्द प्रसाद गुप्ताको परम्पराअनुसार आज दाहसंस्कार भएको छ । सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको लहानस्थित खुट्टिखोलामा दहासंस्कार भएको हो ।
दहासंस्कार अघि नेपाल पत्रकार महासंघ सिरहा र सप्तरी अध्यक्षहरु मनोज कुमार बनैता र श्रवण कुमार देवले संयुक्तरुपमा महासंघको झण्डा ओडाएर श्रद्धाअञ्जलि अर्पण गरेका थिए ।
उच्च रक्तचापका कारण वे्रनह्यामरेजबाट गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।