सिरहा, ५ कात्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा पूर्व सिरहा जिल्ला सभापति रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको क्रममा आज विराटनगरमा निधन भएको हो ।
उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
गुप्ताको शव आजै घर ल्याईएको भएपनि भोलीमात्र अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।
लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।