नेपाली फिल्म ‘एक्सन नाइन'मा सुनिल शेट्टीको इन्ट्री 

    • कार्तिक ४, २०७८
    • ३१६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो ।
     
    काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म 'एक्स नाइन' मा अभिनय गर्ने तय भएको हो ।

    यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन् । 'तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमा' भट्टले लेखेका छन् । साथै , उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन् । 

    केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए । त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए । 'सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो,' निर्देशक भट्टले भने, 'उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।' निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् । 

    फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारकाे अभिनय रहनेछ ।

    एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि 'कृ' पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षकाे छ ।

                                                                                                                न्युज कारखाना ।

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    रातु नदी उत्त्खननविर ...

      बिशाल बस्नेत महोत्तरी, २९ बैसाख। रातु नदी ...

    बाराका शिक्षकहरु जा ...

      सुरुचि भण्डारी निजगढ, २९ बैशाख। बाराको निज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल