कलाकार नविन चौधरी जीवन र मृत्युको दोसाँधमा, बचाउन आग्रह

    • आश्विन ३१, २०७८
    • २,१२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता

    लहान ३१ , असोज । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट कलाकार नविन चौधरी अहिले जीवन मृत्युसंग संघर्ष गरिरहेका छन् ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ लक्षणपट्टीका ३२ वर्षिय चैधरी करिव डेडवर्ष देखि विमारका कारण जीवन र मृत्युसंग लडिरहेको छ ।nabin 1
    धरान, बिराटनगरको विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ ।
    कहिले डेङ्गु , कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्थामा पुगेको छ । डेड वर्षको अवधिमा छोराको उपचारमा ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए ।
    कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
    समाद एफएम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया, दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् ।
    छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।
    नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता नः–२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।
    सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर ञकलाकार नबिन चौधरी बचाउ अभियानझ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।
    थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बरः– ९८११७४१३१४ ,श्रीमतिको मोवाईल नम्बर – ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर ः–९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ ।

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    रातु नदी उत्त्खननविर ...

      बिशाल बस्नेत महोत्तरी, २९ बैसाख। रातु नदी ...

    बाराका शिक्षकहरु जा ...

      सुरुचि भण्डारी निजगढ, २९ बैशाख। बाराको निज ...

    रास्वपाका केन्द्रीय ...

      काठमाडौं, २९ बैशाख। राष्ट्रिय स्वतन्त्र पा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल