फौजमै भएपनि आफ्नो सृनजशिलताले स्थान पाएकोमा खुसिछन् दिपक

    • आश्विन २९, २०७८
    • ७३२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    २०६० सालतिर दोलखाका दीपक कोइराला पत्रकारिता गर्थे । पत्रकारिता नै गर्ने उद्देश्य लिएर रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे पनि । तर, उनका बुबा देवीप्रसाद कोइराला अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सुबेदार । बुबाको सपना छोरालाई पनि फौजी नै बनाउने थियो । त्यसैले बुबाको चाहाना मुताविक फैजिमा भर्नाभए दीपकले । पत्रकारिता छाडे । र, २०५८ सालमा गठन भएको सशस्त्र प्रहरी बलमा भर्ती भए ।245447420_431330435083362_4953984298276399583_ndipk
    यसरी उनी कलममा रमाइरहेका दीपक बन्दुक समाउन पुगे । तर, कलम र कलाको भोक उनमा जिवितै थिए । रत उनले तालिम गर्दागर्दैको भोगाइहरुलाई कापीमा कोर्थे । शारीरिक थकाइ, परिवारबाट टाढा हुनुको पीडा, याद र आफ्नो कर्मप्रतिको सन्तुष्टिलाई कहिले गीतमा उतार्थे त कहिले कवितामा ।
    उनको लेखाइप्रतिको लगाव र पत्रकारिताको अनुभवका कारण सशस्त्र प्रहरीमा पनि मीडिया सम्बन्धित काम गर्ने श्रव्यदृश्य शाखामा अनुबन्धित भए । शाखाले गीती, भिडियो, टेलिश्रृङ्खला, फिल्म उत्पादन गर्थ्यो, त्यहाँ उनले अभिनय सिक्ने मौका समेत पाए ।
    २०६२ सालमा दशैं विशेष टेलिश्रृङ्खला ‘खसी’ बन्ने भयो । जसको क्लाइमेक्सका लागि आवश्यक प¥यो एउटा गीत । गीत लेख्ने जिम्मेवारी पाए कोइरालाले । उनले गीत तयार पारे जोसिएरै जसमा लय जयनन्द लामाको ‘धानकै बाला झुलाउँलाा’ भन्ने गीतको थियो । तर, भोगाइ र शब्द भने उनकै ।
    गीत मात्र होइन टेलिश्रृङ्खलाको मुख्य कलाकार पनि उनी नै हुने भए । उक्त टेलिश्रङ्खला नेपाल टेलिभिजनबाट दशैंको फूलपातीको दिन प्रसारण भयो । श्रृङ्खलाका गीत एकाएक हिट भयो । सशस्त्र प्रहरीको श्रव्य दृश्य शाखामा सो गीतमात्र काटेर बजाउने अनुरोध टेलिभिजनहरुबाट आए । जुन गीत आजसम्म पनि हरेक वर्ष दशैं आसपास बज्छ ।
    ‘वर्षमा दिनको यो बडा दशैं कमेरो लाइएन
    देश र जनता भन्दामा भन्दै घर जान पाइएन
    धानकै बाला झुलाउँला, मायालाई बोलाउँला’
    २०६४ सालमा खुल्ला प्रतियोगितामार्फत् निरीक्षकमा नाम निकाले दीपकले । त्यसपछि त श्रव्यदृश्य शाखाको प्रमुख नै उनी । त्यहाँ रहेर उनले कलाकार उद्घोषणदेखि वृत्तचित्र लेखक तथा निर्देशनसम्मको काम गरे । श्रव्यदृश्य शाखामा रहँदा उनले सशस्त्र प्रहरीका एक सय भन्दा बढी टेलिश्रृङ्खला तथा एक सय ५० वटा वृत्तचित्र लेखे । लेखन साथै निर्देशन र अभिनय कलाको भरपुर प्रयोग गरे । त्यो कलाको साक्षी सशस्त्र प्रहरी बल मात्र भने बनेन ।LORD BUDDHA 4
    एकपछि अर्को गर्दै उनको लेखन, स्वर, अभिनय वा निर्देशन रहेका सामाग्रीहरु सार्वजनिक हुँदै गए । उनका ‘चाहिँदैन सुन चाँदी हिरा नि, सुख दुस्ख राइफलको सिरानीु, ुफौजीलाई कुन हो दशैं कुन हो चाड तिहारु; घरदेश परदेशु गीतहरु चर्चित् छन्। सबै गीतले फौजी जीवनको व्यस्तता, चाडपर्वमा घर जान नपाउनुको पीडा, परिवारको सम्झना आदि बारे भाव समेट्छन् ।
    यी गीतहरु हरेक वर्ष रेडियो, टेलिभिजनमा त बज्छन् नै साथै आजभोलि सामाजिक सञ्जालमा पनि गीतका क्लिप तथा ट्रोलहरु छाउन थालेका छन् ।
    २०७६ को दशैं नजिकिँदै गर्दा गीतको भिडियोमा देखिएका दीपक कोइरालाको फोटोसहित मिम देखिन थालेको छ; ‘यो वर्ष पनि यी दाइले बिदा पाएनन् भने म पनि घर जान्न ।’
    ‘यो पालि दशैंमा मलाई केही चाहिंँदैन । यो दाइले छुट्टी पाए पुग्छ ।’
    यो वर्ष त नयाँ ट्रोल देखिएका छन् जसमा दीपकलाई सशस्त्र प्रहरी बलकै इन्स्पेक्टर पृथ्वी खनालसँग जोडिएको छ। पृथ्वी द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन पार गरेका प्रतियोगी हुन् । उनले गत साता भ्वाइसको मञ्चमा ुसाथी भाइ जर्नेल कर्नेलु बोलको गीत गाएका थिए ।
    इन्जिनियर समेत रहेका पृथ्वी झट्ट हेर्दा दीपकजस्तै लाग्न सक्छ धेरैलाई। उस्तै देखिएरै एक ट्रोल पेजलले दीपक र पृथ्वीको फोटो जोडेर लेखेको छ– ‘पहिले र अहिले’...
    दीपक यस्ता ट्रोलहरु हेर्दै एकोहोरो मुस्कुराउँछन् । सशस्त्र प्रहरी बलबाट कोही गायन प्रतियोगितामा जानु र चयन हुनुले उनलाई भरपुर खुशी दिएको छ ।
    हाल दीपक सिरहाको सुखीपुरमा खटिएका छन् । गीतले भनेजस्तै चाहेको बेलामा बिदा पाउँदैनन्। गत वर्षपनि उनले सिरहामै दशैं मनाए, परिवारबाट टाढा रहेर । बुबा, आमा देवकुमारी, श्रीमती लीला भण्डारी, दुई छोरी र एक छोरा छन् । उनीहरु प्रश्न गर्छन् । कहिले आउने ?
    दीपक भन्छन्, ‘छुट्टी मिलेपछि ।’
    अब त छोराछोरीलाई पनि थाहा भइसक्यो बुबा बोलाउना साथ आउन पाउँदैनन् । त्यसैले बुबाको फोटो राखेर बनाइएका ट्रोलहरु उनलाई नै पठाएर जिस्काउँछन् ।
    ‘दशैं आउन थाल्दा मेरो बिदाको पीर धेरैलाई पर्छ । मेरा शुभचिन्तकहरुको साथले झन् उर्जाका साथ सेवामा खटिने जोश बढ्छ ।’ दिपकले भने ।
    गीत संगीतकै कारण चर्चमा रहेका उनलाई नयाँ गीत ननिकाल्ने ? भनेर गरिएको प्रश्नमा उनले भने, ‘म देशको सिपाही हुँ। संगठनले स्थान दिँदा मैले आफ्नो रहर पनि पूरा गर्ने मौका पाएँ । अब देशको सेवा पनि त गर्नु प¥यो ।’
    उनी हाल छोरालाई अधिकृत रहेर ठाउँ ठाउँमा खटिएको हेर्न चाहने बुबाको सपना पूरा गर्न लागि परेको बताउँछन् । भने, ‘मभित्रको कलाकार त उस्तै छ । त्यो कलाकारले श्वास फेर्न बिर्सिएला तर कला र साधना छोड्दैन । म मेरा प्रशंसकहरुका लागि नयाँ कोशेली लिएर फेरि आउनेछु ।’

    रास्वपाका केन्द्रीय ...

      काठमाडौं, २९ बैशाख। राष्ट्रिय स्वतन्त्र पा ...

    केमा पढ्नु राम्रोः छ ...

     सारा सार्ट्ज हिजोआज पाठ्यसामग्रीहरू पढ्न कागजी प ...

    धनुषाको कमला किनारमा ...

    जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमल ...

    जेलबाट रिहा भए केजरी ...

    काठमाडौं, २८ बैशाख। सर्वोच्च अदालतले अन्तरिम जमानत दिएप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल