गमक पोष्ट समाचारदाता
सिरहा, २८ असोज । सिरहाको धनगढीमाई नपा १३ डावरमा सम्पन्न ‘प्रथम डावर गोल्ड कप’ को उपाधी त्रियुगा एफसी फत्तेपुर सप्तरीले हासिल पगरेको छ । आयोजक लक्ष्मी युवा क्लव र एफसीविच भएको फाईनल खेल अवधिमा २–२ को बरावरीमा टुङ्गीपछि ट्राईवेकरमा एफसीले २ को विरुद्ध ४ गोल गरेर जित हासिल गरेको हो ।himani pharmacy 1
आजको म्यान अफ द म्याच फत्तेपुरको गोल किपर दिलिप माझी भएको हो , म्यान अफ द म्याच र निर्णायक सदस्य हरुलाई वडा अध्यक्ष श्री सुर्यमान तामाङ ज्यु बाट पुरस्कार वितरण गर्नु भएको हो। त्यसैगरि सर्वाेउत्कृट खेलाडी डावरकै अन्जन हमाल भएको हो र उत्कृष्ट कोच डावरकै प्रताप राजा शाहि भएको हो ।
वीजयी टिमलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरिले ५० हजार नगद, सिल्ड, पदक सहित प्रमाणपत्र प्रदान गरेको छ । दोस्रो विजेता टिम आयोजक लक्ष्मी युवा क्लव डावरलाई उप प्रमुख फुलकुमारी श्रेष्ठले ३० हजार नगद सहित सिल्ड ,पदक सहित प्रमाणपत्र वितरण प्रदान गरेको छ ।
असोज २० गते देखि २७ गते सम्म भएको प्रथम डावर गोल्ड कप फुटवल प्रतियोगिता निरन्तर जारी रहने अध्यक्ष सुप्रभात श्रेष्ठले वताए । उनले खेलमा सहभागी सम्पूर्ण टिम र दसैकहरुलाई दशैंको शुभकामना सहित धन्यवाद ज्ञापन गरे ।