सिरहा, २४ असोाज । सिरहा प्रहरीले प्रतिवन्धित लागु औषध सहित तीन जना युवकलाइ पक्राउ गरेको छ । प्रहरीले सिरहा नपा ११ बुधौरा दशगज्जा क्षेत्रबाट सिरहा नगरपालिका २१ लकडीगोठका १९ वर्षिय विमलेश कर्ण, २६ वर्षिय वंशराज मुखिया र सप्तरी राजविराज नपा ९ का १९ वर्षिय निकित कुमारलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी र सशस्त्र aप्रहरीको संयुक्त टोलिले वीआर ३२ एजी ५५११ नंं.को मोटरसाईकललाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट नाइट्रोभेट १० एफ नामक प्रतिवन्धित लागुऔषध १० पत्ता सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३ थान मोवाईल पनि बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।