गमक पोष्ट समाचारदाता / बर्दिवास, २३ असोज । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाख भन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकबाट नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित मनरा सिस्वा नगरपालिका ५ कटैयाका ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ का १८ वर्षीया बिन्दा कुमारी साह पक्राउ परेका हुन् ।
दीपेन्द्रले पिठ्युमा बोकेको झोलाबाट राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनि लुकाइ राखेको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
साहद्वयलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

ram-janki kasaha