दशैं आजबाट सुरु

    • आश्विन २१, २०७८
    • ६०३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • सुरेश राय

    सिरहा, २१ असोज । हिन्दू नेपालीहरुको महान पर्व वडा दशैं आजबाट शुरु भएको छ । बडा दशैंको पहिलो दिन आज बैधिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् ।
    घटस्थापनाको समय आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।
    शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुर्हतमा घटस्थापना गरी घडाको नजिक सप्तधान्य बीक्षारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । दशैं आश्विन शुक्ल देखि दशमीका दिनसम्म मनाउने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
    देशैभरीका दुर्गा मन्दिरमा विहानै देखि भक्तजनहरुको भिड लाग्ने गरेको छ । सिरहाको गोलबजार, मिर्चैया,चोहर्वा ,कल्यानपुर, लाहन लगायत दुर्गा मन्दिरहरुमा सयौंको संख्यामा महिलहरुले कलशयात्रा गरेका छन् ।

    धनुषाको कमला किनारमा ...

    जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमल ...

    जेलबाट रिहा भए केजरी ...

    काठमाडौं, २८ बैशाख। सर्वोच्च अदालतले अन्तरिम जमानत दिएप ...

    एकै समयमा दुईठाउँ हा ...

      मुकेश कुमार यादव सिरहा, २८ बैशाख। सिरहामा ...

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल