गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १९ असोज । पर्साको विन्दवासिनी गाउँपालिकाको बैरिया विर्ता दापुकी १५ वर्षीया ममिता यादव हिजोआज खुसिले दङ्ग छिन् । विद्यालयजान दैनिक १४ किलोमिटर हिड्नुपर्ने नमिताले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमबाट साइकल पाएपछि दङ्ग भएकी हुन् ।
उनी सोही पालिकाको २ नम्वर वडामा रहेको राधाकृष्ण चौरासीया माध्यमिक विद्यालय बहुअर्वामा पढ्छिन् । उनलाई विद्याय जाउ–आउ गर्न दैनिक १४ किलोमिटर दुरी पार गर्नु पर्छ ।
कुनैदिन घरायसी कामका कारण विद्यालय ढिला पुगे शिक्षकबाट गालीखार्ने पिर हुन्थ्यो । त, कुनैदिन घर पुग्न ढिलो भए परिवारबाट गाली सुन्नु पर्ने हुन्थ्यो । साइकल पाएपछि नविताको पिर कम भएको छ । अव उनलाई आधिघण्टाको बाटो १० मिनटमै पुग्दा धेरे सहज भएको छ । बचेको समय उनलाई पढ्न सहयोग पुगेको छ ।
सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा करुणा चौहानको पनि खुशीको सीमा छैन । विवाहका लागि दवाव दिदैं आएका परिवारलाई साइकल पाएको देखाउन मत आतुर भएको छ ।
साइल देखाएर उनलाई १२ कक्षा सम्म पढ्छु भन्ने अभिभावकलाई सुनाउनु छ । करुण भन्छिन, ‘मलाई विद्यालय डाढा भएकै कारण अभिभावक पढ्न नपठाउने सोचमा थिए, अव म परिवारलाई मनाएर १२ कक्षा पास गर्छु र छात्रालाई वितरण गर्ने ल्याप्ट पनि प्राप्त गर्छु ।’
यि दुई प्रतिनीधि पात्र मात्र हुन् । प्रदेश सरकारको लोकप्रिय कार्यक्रमबाट साइकल प्राप्त गरेका श्री राधाकृष्ण चौरसिया मावि बहुअर्वाभाठामा अध्ययनरत ४५ जना छात्राहरुको कथा यस्तै छ । उनीहरुलाई साइकल पाएपछि अझै पढ्ने र अघि बढ्ने हौसला मिलेको छ ।