गमकपोष्ट समाचारदाता / सप्तरी, १९ असोज । स्थानीय रुपमा विकासलाई दिगो बनाउनका लागि सप्तरीको खडक नगरपालिका वडा नं. ५ र ८ का युवाहरु एकजुट भई अगाडी बढने प्रयत्न गरेका छन् ।
खडक न.पा.– ५ र ८ मा संयुक्त रुपमा गठित श्री राजाजी डिहबार बाबा नवयुवा क्लवका सदस्यहरु सहयोगी व्यक्ति एवम् संस्था, खडक नगरपालिकाको सहयोगमा स्थानीय विकासलाई दिगो बनाउनका लागि संगठित भएको जानकारी सल्लाहकार अशोक कुमार साहले दिएका छन् । सल्लाहकार साहका अनुसार सामाजिक कुरीतिहरु न्युनीकरण गर्नका लागि बालबालिका एवम् किशोरकिशोरीहरुको सहयोगका साथ नेतृत्व गर्नका लागि क्लव अगाडी बढीरहेको छ ।Photo 2 (2)
क्लवले हालै जितियाको अवसरमा एक सम्मान कार्यक्रम गरी बालबालिका, किशोरकिशोरीहरु तथा सामुदायिक विकासका लािग सहयोग गर्ने व्यक्ति एवम् संस्थालाई सम्मान पत्र एवम् दोसल्ला मार्फत सम्मान गरेको छ । क्लवका सचिव पप्पु कुमार साहका अनुसारसो अवसरमा अभिभावक, सहयोगी संस्थाहरु तथा क्लवका नेतृत्वकर्ताहरुलाई सम्मान गरिएको थियो ।
खडक न.पा.का नगर प्रमुख हेमायु हकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खडक न.पा. ८ का वडा अध्यक्ष मोहम्मद इसराइल, वडा नं. ५ का वडा अध्यक्ष विजय कुमार साह सहित राजनीतिक दलको प्रतिनिधीहरुको उलेख्य सहभागिता रहेको थियो । स्थानीय बाल क्लवको बालबालिकाहरुले गीत मार्फत स्वागत गरेको सम्मान कार्यक्रम संचालन रामदेव साहद्धारा गरिएको थियो ।
स्थानीय विकासलाई दिगो बनाई सामाजिक रुपान्तरणका लागि खडक न.पा. कार्यालय, वडा नं. ८ कार्यालय, वडा नं. ५ कार्यालय, सबल नेपाल लगायतका संस्थाहरु सहित वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरुको महत्वपूर्ण सहयोग रहेको जानकारी सल्लाहकार साहले दिएका छन् ।