गमक समाचार / वीरगञ्ज, १९ असोज । चाडवाडको सन्निकटमा वीरगञ्जबजारमा म्याद गुज्रिएका सामाग्रीहरु नयाँ स्टिकर लगाएर बिक्रि गर्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय वीरगञ्जले विभिन्न समयमा गरेको बजार अनुमनको क्रममा म्याद सकिएका खाद्य सामग्रीहरु विक्रिकालागि राखिएको पाइएको हो ।
कोरोना कहरका कारण लामो समय ब्यापार नभएका व्यापारीहरु चाडवाडको मौकामा व्यापारीले नयाँ म्याद राख्नुका साथै मूल्य समेत बढाएर बिक्रिवितरण गरेको पाइएको अनुगमन कर्ताहरुले बताए ।
कार्यालयका प्रवक्ता दिलिप खंग खत्वेका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बर्नभिटा, चिउरा, भुजिया लगायतका खाद्यवस्तु र पेय पदार्थमा रिएलजुस, कोकोकोला, फ्यान्टा, बोतलको पानी लगायतका म्याद नाघेका सामाग्री अनुगमनको क्रममा पाइएको छ ।
वीरगञ्जको विभिन्न स्थानमा रहेका डिपार्टमेन्ट स्टोर तथा किराना पसलहरुमा पनि यस्ता म्याद नाघेका र आफुखुशी मूल्य बढाएर बिक्रि गर्ने गरको उपभोक्ताहरुको गुनासो छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री मूल्य नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिवाना गर्न सक्ने अधिकार छ भने तीन महिना देखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था रहेको छ ।
यद्यपी कार्यालयले अनुगमन गरेर जरिवाना गरेपनि अरु कारवाहीनगर्दा अरु व्यपारीहरुको पनिमनोबल बढेको हुन सक्ने नागरिकको बुझाई छ ।