गमक पोष्ट समाचारदाता / सिरहा , असोज १८ गते । सिरहा प्रहरीले चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका ८ का ३४ वर्षिय दिपेन्द्र दासलाई नियन्त्रणमा लिएको हो ।
दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उक्त चिठ्ठा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बैंकको खाता नम्बर दिई ८ लाख ६५ हजार रकम जम्मा लगाई ठगी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।ram-janki kasaha