गमक पोष्ट समाचारदाता
वीरगञ्ज, १८असोज । पर्साको पोखरिया नगरपालिकामा किशोरीहरुले साइकल ¥याली निकालेका छन् । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत साइकल प्राप्त गरेका किशोरीहरुले साइकल वितरण अभियानले धेरै छोरीहरुलाई हौसला मिलेको भन्दै किशोरी सशक्तिकरणका लागि साइकल ¥याली निकालिएका हुन् ।
पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनको नेतृत्वमा शिब मन्दिरबाट निस्किएको ¥याली नगर परिक्रमागर्दै शहीद चन्दन पटेल चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । साइकल ¥यालीमा सहभागीहरुले ‘भेदभाव मिटाईं, नयाँ समाजबनाईं, नारीके सम्मान, सभ्यताके पहचान, तबे सफलहोइ नवरात्र, जब बेटी सुरक्षित रहियनदिनरात, हमार साइकिल, हमार शान’ लगायतका नारा लगाएकाथिए ।
कोणसभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अत्यन्तै प्रभावकारी भएको शिब वर्बाकी कक्षा ९ मा अध्ययनरत छात्रा काजल त्रिपाठीले बताईन् ।
त्यसैगरी, बनकटवाकी निशा चौहानले प्रदेश २ सरकारले उपलब्ध गराएको साइकलकै कारण अहिले विद्यालय आवतजावतमा सहज भएको बताईन् । साइकल वितरणले प्रत्यक्ष रुपमा केही भएजस्तो नदेखिएपनि अप्रत्यक्ष रुपमा शारिरीक देखि मानसिक रुपमा प्रभाव परेको रानीगञ्जकी कक्षा ९ कै छात्रा खुश्बु कुमारीको भनाई छ ।
समग्र रुपमा महिला अधिकार, बालिकाहरुको हक तथा अधिकारको बारेमा जति धेरै भाषणमा र योजनामा कुराहरु उठेपनि कार्यन्वयन नहुने भन्दै किशोरीहरुले असन्तुष्टि जनाएका थिए । आगामी दिनमा किशोरी सशक्तिकरणका लागि अरु पनि योजनाहरु आवश्यक रहेकोे किशोरीहरुले बताए ।
कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख खातुनले नव रात्रमा नदेखिएका देवीलाई पुजा गरेपनि आफ्नै घर भित्रकी देवीलाई अवहेलना गर्ने समाजको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिईन् । खातुनले छोरीहरु बोझहुन् । छोरीलाई बिहे गरेर पठाउनुपर्छ भन्ने परम्परागत मानसिकता परिवर्तन गर्नुपर्ने बताए ।
दाइजोमा लाखौैँ खर्च गर्न तयार हाम्रो समाज छोरीको शिक्षामा लगानी गर्न किन तयार छैनन् ? उपप्रमु खखातुनले प्रतिप्रश्न गरिन् । प्रदेश सरकारले किशोरीहरुको मनोवल उच्च बनाउन ल्याएको योजनाबाट विपक्षीहरु आत्तिएको खातुनले बताइन् ।