नेपाली शर्ट फिल्म “जोइटिङग्रे” ले युटयुवमा चर्चा बटुल्दै

    • आश्विन १८, २०७८
    • ६४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट / सिरहा, १८ असोज । आप्रवासी नेपाली चर्चित गीतकार, संगीतकार अर्जुन थापाको लेखन, निर्देन तथा निर्माणमा बनेको शर्ट फिल्म “जोइटिङग्रे” ले यतिखेर युटयुवमा धुम मच्चाएको छ । थापा दूरदेशमा रहेर पनि आफ्नो माटो, समाज र लोक संस्कृति प्रति योगदान गर्न पछि पर्दैनन् । अमेरीकाको केन्टकी राज्यमा बसेर पनि नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गीत रचना, म्युजिक भिडियो निर्माण गरेका थापाले अब भने शर्ट फिल्म क्षेत्रमा हात हालेका छन् ।
    यही मेसोमा थापाले लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने शर्ट फिल्म “जोइटिङग्रे” निर्माण गरेका छन् ।
    थापाले आफ्नै लेखन तथा निर्देशनमा “जोइटिङग्रे” शर्ट फिल्म बनाएर सामाजिक सञ्जालमा राखेका छन् । ४ मिनेट ५१ सकेण्डको छोटो फिल्ममा नारी द्वेषी लोकोक्ति “जोइटिङग्रे” शब्दमाथि चोटिलो प्रहार गरिएको छ ।
    थापाले फिल्ममा पत्नीको सल्लाह, सुझाव लिने, पत्नीलाई काममा सघाउने र नारी–पुरुष समानताका लागि मानवीय व्यवहार प्रदर्शन गर्ने पतिलाई नेपाली समाजमा “जोइटिङग्रे” भन्ने रुढिग्रस्त चेतनालाइ मेटाउन तार्किक सन्देश पेस गरेका छन् । फिल्म छोटो छ तर सम्यक अभिनय र रचनात्मक प्रस्तुतिले चखिलो चटनी जस्तै बनेको छ । बुहारीलाई दवाउने तर छोरीलाई फुक्र्याउने परम्परागत सासूको व्यवहारलाई लज्जित पार्दै अबका सासूहरु सच्चिनु पर्ने सन्देश छोटो फिल्ममार्फत प्रस्तुत गरिएको छ ।
    आफ्नै लेखन, नर्देशन र एक सशक्त कलाकार भएर अर्जुन थापासहित निरु थापा सरस्वती तिवारी र निश्मा चापागाईं क्यामेरा पर्सन ओम कुमार ५ जनाको सानो समूहले निर्माण गरेको शर्ट फिल्म “जोइटिङग्रे ” सामाजिक चेतनाकरणका लागि अत्यन्त उपयोगी छ । नेपालीको महान चाड वडा दशैंको बेला यो शर्ट फिल्म “जोइटिङग्रे” सपरिवार युट्युवमा हेर्दा लैङ्गिक समानताबारे सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गर्न सकिन्छ ।ram-janki kasaha

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    अनुमति नलिई हज यात्र ...

    काठमाडौं, २७ बैशाख। साउदी अरेबिया सरकारको गृह मन्त्रालय ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल