गमक पोष्ट समाचारदाता / बर्दिवास, १७ असोज । महोत्तरीको महोत्तरी गाउँपालिका २ विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। घरमै सुतिरहेका बेला सर्पले टोकेका स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
सर्पको टोकाइबाट गम्भीर बिरामी भएका बालकलाई सुरुमा धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति थप जटिल बनेपछि थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो । उनको उपचारकै क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन्।